फोहोर भन्ने वित्तिकै हामीले डस्विनमा फाल्छौ । रिङमा हालेर जलाउँछौ । जलाएको फोहोरको धुवाँले हाम्रो स्वास्थ्यलाई असर गर्छ भन्ने थाहा छ । अनि फोहोर थुप्रीदै गएपछि के गर्ने भन्ने चिन्ता पनि छ ।
फोहोरजन्य वस्तुमा सवैभन्दा धेरै प्लाष्टिकनै हुन्छन् । त्यही फोहोरबाट मोहर कमाउन सकिन्छ भन्ने पनि थाहा छ । प्लाष्टिकलाई प्रसोधन गरेर पुन प्रयोगमा ल्याउन अभ्यास त गरिरहेका छौ तर प्लाष्टिकबाट इन्धननै उत्पादन गर्न सकिने वैज्ञानिकहरुले प्रयोगात्मक रुपमै सिद्ध गरेका छन् । यसले फोहोरको व्यवस्थापन हुने र इन्धनकै लागि भारतको भर पर्नु पर्ने अवस्थालाई केही सहज पुर्याउन सक्छ ।
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नाष्टका वैज्ञानिकले रत्ननगरमै आएर प्लाष्टिकबाट इन्धन निकालेर यसको प्रमाणित गरे । फोहोर व्यवस्थापन नगरपालिकाहरुको लागि टाउको दुखाईको विषय वनेको छ । सवै जसो प्लाष्टिकबाट इन्धन निकाल्न सकिन्छ । जिल्लामा साँढे ५ लाख भन्दा वढि जनसंख्या छ । यो जनसंख्याको हिवासमा चितवन जिल्लामा प्रत्येक दिन करिव २२ टन फोहोर उत्पादन हुन्छ । २२ टन मध्ये प्रसोधन गर्न मिल्ने वाहेक १० टन प्लाष्टिक हुने र त्यसबाट वार्षिक १६ करोडको इन्धन उत्पादन गर्न सकिने नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नाष्टका वैज्ञानिक डाक्टर रविन्द्र प्रसाद ढकालले वताए ।
रत्ननगर नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख नारायण वनले फोहोर व्यवस्थापन नगरपालिकाहरुको टाउको दुखाईको विषय वनिरहेका वेला वैज्ञानिकले गरेको यस्तो अनुसन्धानले फोहोर व्यवस्थापनका साथै इन्धन उत्पादनबाट आत्मनिर्भर समेत वन्न सकिने वताए ।
नाष्टले अनुसन्धान गरेको यो विषयलाई नगरपालिकाले ग्रहण गर्ने नगर प्रमुख वनले वताए । नाष्टका वैज्ञानिकका अनुसार १० टन प्लाष्टिकबाट इन्धन उत्पादनका लागि करिव ८० लाखमा मेसिन लगायत सवै उपकरण खरिद गर्न पाईन्छ ।
