असार ८ – इद उल फितरको अवसरमा कतार र साउदीले सार्वजनिक बिदा दिने भएका छन् । कतारले असार ११ गतेदेखि १३ गतेसम्म बिदा दिने र असार १४ गतेबाट काम सुरु हुने दोहास्थित नेपाली दूतावासले जनाएको छ । यस्तै साउदीले असार ११ र १२ गते बिदा दिने र १३ गतेबाट काम सुरु हुने रियादस्थित नेपाली दूतावासले जनाएको छ । सार्वजनिक बिदाका बेला दूतावास पनि बन्द रहनेछ ।
