रत्ननगर । रत्ननगर–१४ पिठुवा चार दिने बेमौसमी तरकारी खेती तालिम सोमबारदेखि सुरू भएको छ ।


नगरपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत महिलाहरुको आयआर्जनको लागि तालिम आयोजना गरिएको हो । तालिममा ३० जना किसानहरुको सहभागिता रहेको छ । रत्ननगर प्रयोगशालाका अध्यक्ष जीवन शर्मा पौडेलले सहजीकरण गरेका छन् । वडा अध्यक्ष हरिकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं.१५ का अध्यक्ष हुमनाथ लामिछाने, वडा नं.१६ का वडा अध्यक्ष हेमराज थापा, महिला सदस्यहरु गीता दाहाल , सुशीला परियार, वडा सदस्य सञ्जीत थापामगर, मुकुन्द अधिकारी, विष्णु भण्डारी कट्टेल, नर्बदा अधिकारी, गीता देवकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कोपिला खनालको अध्यक्षतामा भएको थियो ।

 
Top