असार १६ –  साउदी सरकारले अवैधानीक आप्रवासीलाई दिएको तीन महिनाको आममाफीको समय ३० दिन थपेको छ । यसअघि तीन महिना दिएको आममाफीको समयमा घर फर्किने प्रकृयामा रहेका आप्रवासीका लागि ३० दिन थप गरेको साउदी सरकारलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।  थपिएको ३० दिनको समय जुन २५ अर्थात असार ११ गतेदेखि नै लागू भएको खबरमा उल्लेख छ ।



साउदी अरेबियामा अवैधानिक रुपमा रहेका आप्रवासीले यो अवधिमा घर फर्कन पाउनेछन् ।  गएको चैत १६ गतेदेखि तीन महिनाभित्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने घोषणा गरेको थियो । यो अभियान अन्र्तगत श्रम अवधिभन्दा बढि बसेका, धार्मिक भ्रमणमा गएर नफर्किएका अथवा अरु भिसामा गएर अवैध रुपमा लुकेका आप्रवासी सहजै स्वदेश फर्किन पाउने छन् । साउदीमा चार लाख भन्दा धेरै नेपाली कार्यरत छन् ।

 
Top