भरतपुर महानगरपालिका–३ बेलचोकमा एक युवती मृत फेला परेकी छन्। भारत बिहार घर भई हाल भरतपुर महानगरपालिका–३ मा डेरा गरी बस्ने ३४ वर्षीया रेखा राउत सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ।

सुरुमा उनको मृत्युको कारणबारे अन्योलमा रहेको प्रहरीले मृतकको शरीर नियाल्दा हत्याको शंका गरेको हो। राउतको घाँटी र बायाँ हातमा डोरीको डाम देखेपछि प्रहरीले उनको हत्याको शंकामा अनुसन्धान बढाएको हो।
 
Top