काठमाडौँ : उल्सन श्रेष्ठ, प्रताप दास र सागर आले सीधै नेपाल आइडलको 'गाला राउन्ड' मा पुगेका छन्।

 

बिहीबार प्रसारण भएको कार्यक्रममा जजहरु न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले यी तीन प्रतियोगीलाई भोटिङ राउन्डबाट सेफ जोनमा लगेको घोषणा गरे। उनीहरु अब सीधै 'गाला राउन्ड'मा जाने छन्।

 

प्रताप दास नेपाली ताराको थर्ड सिजनमा टप १० मा पुग्न सफल प्रतियोगी हुन्। कर्ण दासको 'बिस्तारै छायो..' गाएका ललितपुरका प्रताप दासलाई जज न्ह्यु बज्राचार्यले आफ्नो ठाउँबाट उठेर मञ्चमा गई हात मिलाएका थिए भने अर्का जज इन्दिरा जोशीले कर्ण दास आफैले यो गीत सुनेको भए पनि उठेर बधाई दिने बताएकी थिइन्।

 

'

तपाईँ आफै गीत भएर प्रस्तुत हुनुभयो,' इन्दिराले भनिन्, 'धेरै दिनसम्म मन मस्तिष्कमा छुने प्रस्तुति दिनुभयो।

खोटाङका उल्सन श्रेष्ठले द एज ब्यान्डको 'कसैलाई..' गाएका थिए। 'यु आर स्टार', इन्दिराले उनको प्रशंसा गर्दै भनिन्, 'अडियन्सले बिर्सेर पनि बिर्सन सक्दैनन् यो परफर्मेन्स। अमेजिङ !

'


'

तिमीलाई म राम्रो भन्दिनँ,' न्ह्युले भने, 'तिमीले धेरै राम्रो गायौ।' अर्का जज कालीप्रसादले गीत छनौट राम्रो भएको भन्दै मञ्चमै आएर उनका लागि भोटिङ अपिल

 

दिव्य सुब्बाको 'तिमी मेरो जीवन हो..' गाएका  चितवनका सागर आलेका लागि तीन जनै जजले उठेर ताली बजाई प्रशंसा गरे।  इन्दिराले भनिन्, 'यु आर ट्रु आर्टिस्ट'। कालीप्रसादले भने, अहिलेसम्म यहाँ जति जनाले परफर्मेन्स गर्नुभो, सबैभन्दा बेस्ट यही थियो। न्ह्युले उनलाई भर्सटाइल गायक भन्दै सबैले मन पराउन सक्ने बताए।


बाँकी ६ प्रतियोगीहरुमध्ये तीन जना भने अडियन्सको भोटबाट चुनिने छन्। कम भोट पाउने तीन जना प्रतियोगिताबाट आउट हुनेछन्।

 

भोटिङ राउन्डका लागि बुटवलकी सुजाता पाण्डे, बुटवलकै अफसर अली, हेटौडाकी विद्या तिवारी, काठमाडौँकी प्रमिला राई, धनगढीकी सन्ध्या जोशी र भोजपुरका मनोज थापा मगरले प्रतिस्पर्धा गर्दैछन्।

 

शुक्रबार मध्याह्न १२ बजेसम्म आएको भोटका आधारमा तीन जना प्रतियोगी गाला राउन्डका लागि चुनिने छन्।

 

 
Top