गुञ्जनगर । महिला मैत्री समाज नेपाल भरतपुर–१८ शशिनगरको आयोजना र भरतपुर आँखा अस्पतालको सहयोगमा गुञ्जनगरमा आइतबार निःशुल्क आँखा शिविर गरिएको छ ।भरतपुर–१७ स्थित राप्रावी लगौटा र वडा नं. १८ स्थित रानिमावि भुवनवस्तीका छात्रछात्राहरुलाई निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर आँखा अस्पताल र चनौली आखा अस्पतालका अनुभवी डाक्टरबाट गरिएको आँखा परीक्षणबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् ।
र्कायक्रममा भरतपुर माहानगरपालिका वडानं. १७ का वडा ध्यक्ष ललितमान तामाङ,वडा नं. १८ का वडा सदस्य बाबुराम राना, महिला मैत्री समाज नेपालकी अध्यक्ष दिलु गजमेर, लक्ष्मी अधिकारी समाजसेवी टुकमान गुरूङ प्राध्यानापक सूर्यकला गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । र्कायक्रम राप्रावि लगौंटाका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।
