गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासन सुधार मार्गचित्र सार्वजनिक गरेका छन् ।

 

सिंहदरबारस्थित गृहमन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममार्फत गृहमन्त्री शर्माले गृहप्रशासन सुधार मार्गचित्र सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको मार्गचित्रमा पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने, नेपाली कामदार रहेका देशहरुमा प्रहरी सहचारी खटाउने, अनलानइबाट प्रहरीमा उजुरी वा निवेदन दिने प्रणाली थालनी गर्नेलगायत कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा आईजीपीसहित सुरक्षाका उच्च अधिकारीको उपस्थिति थियो ।

– काठमाडौंको ठमेल, कास्कीको पोखरालगायत पर्यटकीय क्षेत्रमा २४ घण्टै सुरक्षा प्रदान गर्ने ।


– अनलानइबाट प्रहरीमा उजुरी वा निवेदन दिने प्रणाली सुरु गर्ने ।


– ट्राफिकलाई दिइँदै आएको प्रोत्साहन भत्ता हटाइने र अतिरिक्त भत्ताको व्यवस्था गर्नेे ।


– पद खाली भएको ठाउँमा एक महिनाभित्र बढुवा गरिने ।


– नेपाली कामदार भएको देशहरुमा प्रहरी सहचारी खटाइने ।


– कारागार नियमावली संशोधन गरिने ।


– मन्त्रालय र प्रहरी मुख्यालयमा नि:शुल्क टोल फ्रि नम्बर राखिने ।


– ‘गृहमन्त्रीसँग सिधा सम्वाद’ रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिने ।

गृहमन्त्री जनार्दन शर्माले घोषणा गरेको नेपाली कामदार भएको देशहरुमा नेपाल प्रहरी खटाइने कुरालाई कसरी कार्यान्वयन गरिन्छ भन्ने हेर्न बाँकी नै छ । कुन देशमा कति प्रहरी सहचारी खटाइने र त्यसको आधार के हुने भन्ने कुरा भने खुलाएका छैनन् ।

 
Top