![]() |
| निरब ज्ञवालीले पोष्ट गरेको स्टाटस |
यतिबेला भरतपुर महानगरपालिकाको मतगणना स्थगितले चितवन मात्र होइन् देशै हल्लाएको छ । मत पत्र च्यातेपछि स्थगित मतगणना अघि बढ्न सकेको छैन् । यही विषयमा निर्वाचन आयोगले अन्तिम निर्णय लिन बाँकी छ । सामाजिक संजालमा मतगणना स्थगित बारे चर्चा चुलिरहँदा बुधबार भने चितवनका समाजिक प्रयोगकर्ताहरुमा नयाँ विषयले स्थान पायो ।
नेकपा एमालेबाट भरतपुरको मेयर पदका उम्मेद्वार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीले मेयरकी प्रत्यासी काँग्रेस–माओवादी गठबन्धकी उम्मेद्वार रेणु दाहालको फाटो शेयर गर्दै फेसबुकमा तथानाम लेखेपछि समाजिक संजालमा चर्चाको विषय बन्यो । धेरैले त्यस पोष्टलाई शेयर गर्दै मेयर उम्मेद्वार ज्ञवालीले आफ्नो छोरालाई गलत सँस्कार सिकाएको भन्दै आलोचना गरेका छन् । कतिपयले राम्रो बाटोमा हिड्नलाई छोरालाई सही सँस्कारको दिन सुझाव दिएका छन् ।
यो स्टाटसले सामाजिक संजालमा निकै फैलियो । जसका कारण स्टाटस डिलेट गर्न निरबलाई बाध्य बनायो । उनले क्षमा माग्दै पोष्ट डिलेट गरेको जनाएका छन् । उनले स्टाटसमा लेखेका छन्–‘त्यो दिनको परिस्थितीका कारणले उत्पन्न भएको क्षणिक आवेशमा शब्दको चयनमा त्रुटी भएको स्विकार गर्दछु । दुई तिन घण्टमा नै त्यो पोष्ट हटाइनै सकेको थिएँ ।’
उनले पोष्ट हटाए पनि स्क्रीन सर्ट हाल्दै धेरैले निरबलाई गिज्याई रहेका छन् । भरतपुर महानगरका मेयरका दाबेदार नेताका छोराको यस्तो स्टाटसले पक्कै पनि खुशी कसैलाई बनाउँदैन् । यस्ता हर्कतले सर्वसाधरणहरुमा नराम्रो सन्देश जाने गरेको छ । ढिलै भएपनि गल्ती स्वीकार्दै निरबले क्षमा मागेका छन् ।
