मुस्लिम धर्मावलम्बी हरुको महान चाड हरिरायाको बिशेष अवसर पारी प्रगतिशील युवा समूहले मलेसियाको केलाङमा दोस्रो संगीतिक धमाकाको आयोजना गर्नेभएको छ । आयोजक प्रगतिशील युवा समूहले स्थानीय कलाकारको सहभागितामा June 25 तारीक केलाङको शाम्बाला रेस्टुरेन्टमा उक्त कार्यक्रम तय गरियको प्रगतिशील युवा समुहका अध्यक्ष धुर्ब राज पौडेल र संयोजक संगम गुरुङले जानकारी दिनुभएको छ ।
प्रवासी भुमि का प्रतिभालाई उध्गम स्थान दिदै सो कार्यक्रमको आयोजना गरिएको र प्रवासमै पनि बि-भिन्न बिधाका कलकारहरू छ्न् भन्ने एउटा राम्रो उदाहरण बनोस् भन्ने उद्देस्यले कार्यक्रम आयोजना गरिएको हो ।
अहिले पछिल्लो समयमा यो एउटा परम्परा नै बनेको थियो नेपाल बाट २/४ जना कलाकार ल्याउने र कार्यक्रम गर्ने तर यस पटकचै प्रवासी कलाकारलाई नै प्राथमिकता दिई अझै प्रवासी कलाकारहरूको हौसला बढाउने उदेश्यले सो कार्यक्रम प्रगतिशील युवा समूहले आयोजना गरेको संयोजक संगम गुरुङले जानकारी दिनु भयो सो कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निमित्त सुगम संगीतका आवाजको धनी गायक ,मनिपाल राइ, र कबिन पाखृन उपस्थित हुनेभएका छन् ।
त्यसैगरी आफ्नो नृत्य गरी मनोरञ्जन दिनको लागि मोडल तथा चर्चित डान्सर विशाल नेगि,सुमित स्याङ्तन, रिना लेक,गिता राई ,निम्बुटी शेर्पा ,मेरिया मगर,मेखा मगर ,एलिना थापा,पुजा लामा,मनिसा राई,र सिन्धु तमाङ,अशोक चौधरी ले भब्य नृत्य प्रस्तुति दिएर दर्सक लाई मनोरञ्जन दिने भएका छन ।
तेस्तै The Nepalese Band को विशेष प्रस्तुति रहनेछ र बिभिन्न बिधाका गीतहरू गाएर स्टेजलाई अझ रौंनक थपनाका निम्ति गायक रबिन गुरुङ ,अभिनास कान्छा,दिनेश चौधरी ,दुर्गा बान्तावा राई, जेरोङ राई,बिस्वास मगर,सुगम राणा,हरि बिसि लगाएत अन्य कलाकार को पनि भब्य प्रस्तुति रहने भएको छ । सो कार्यक्रम मा पाल्नुहुने दर्सक को लागि भाग्यसाली कुपन को पनि टिकटमा ब्यबस्था गरिएको जनाएका छन l
