यसवर्ष ‘खिचरा महोत्सव’ सात दिन हुने
चितवन, मंसिर ४–
थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गर्ने ‘खिचरा महोत्सव’ यसवर्ष एक साता हुने भएको छ ।
आज पूर्वी चितवनको खैरहनीमा भएको बैठकले यही पौष २८ गतेदेखि माघ ५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष नारायणप्रसाद महतोले जानकारी दिनुभयो । महोत्सव सफल पार्न ३०१ सदस्यीय समिति समेत गठन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । खिचरा महोत्सव यसवर्ष चौथो सँस्करणको रुपमा आयोजना हुन लागेको हो । थारु समुदायको महान् चाड खिचरा (माघी)को अवसरमा यस महोत्सव आयोजना गर्न सुरु गरिएको हो
