साउदी अरब—वैदेशिक रोजगारका लागि साउदी अरब आएका हजारौं प्रवासी नेपालीहरुको सडकको बास भएपछि यहाँस्थित नेपाली राजदुतावास आत्तिएको छ ।

चार दर्जन भन्दा बढी कम्पनीमाकार्यरत नयाँ तथा पुराना कामदार हजारौं नेपालीहरुलाई महिनौंदेखि तलब नदिने, खानबस्न नदिएर अलपत्र पार्ने, रातारात कम्पनीबन्द गरेर सञ्चालक भाग्ने, लेबरकोर्टबाट भएका निर्णयहरु कार्यान्वयन नहुने, साउदी सरकारबाट आश्वासन मात्रै प्राप्त हुने कार्यान्वयन पक्ष् फितलो हुने लगायतका समस्याले विकराल रुप लिन थालेपछि नेपाली दूतावास आत्तिएको हो।


नयाँ कामदारले झन समस्या

साउदी अरबमा रहेका नेपालीहरुको उद्धारमा नेपाल सरकारबाट पनि निर्देशन र आश्वासन मात्रै प्राप्त हुने सम्बन्धित मन्त्रालयबाट आर्थिक, भौतिक र प्रशासनिक सहयोग केही नपाउने दुतावासको अनुरोध र प्रतिवेदनलाई बेवास्ता गरेर नेपालबाट दैनिक नयाँ कामदारहरु पठाएर समस्या थपिदिने क्रम समेत नरोकिएपछि थप हतोत्साही भएका हुन्।

गत शुक्रबार नेपाली राजदुवासले साउदी अरबमा देखिएको समस्या र समाधानको उपायविषयक अन्तरक्र्रिया कार्यक्रममा यहाँस्थित नेपाली समुदायलाई बोलाएर समस्या समाधानका लागि गुहार मागेपछि नेपाली कामदारहरुको समस्या विकराल भएको र दुतावासको बलबुताबाट समाधान हुन नसक्ने अवस्थामा पुगेको कुरा खुलासा भएको हो।
कार्यबाहक राजदुत आनन्द शर्माले नेपाली पुरुष तथा महिला कामदारले भोगिरहेका समस्या दिनप्रतिदिन जटिल र विकराल हुँदै गएको र दूतावास एक्लैले समाधान नै गर्न नसक्ने अवस्थामापुगेको उल्लेख गरे। समस्यामा परेका नेपाली कामदारहरुले उद्धारको अपेक्षा गर्दै गर्ने फोन अनुरोध मात्रै पनि अत्यधिक रहेको उनको भनाइ थियो। ‘उद्धारकै गुनासाहरुको अनुरोध डकुमेन्टेसन गर्न सकिएको छैन’, उनले भने।

श्रम सहचारी अम्बिकाप्रसाद अधिकारीले नेपाली कामदार भोक रोगले ग्रसितभएर सडकको बास बस्नु परेको कारुणिक अवस्थाको उल्लेख गर्दै उनीहरुको समस्या समाधानका लागि सबैले गम्भिर भएर सहयोग गर्नुपर्ने बेला आएको बताए।
 
Top