भरतपुर,४ मंसिर ।
साइबर अपराधको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आङ्कामी शेर्पा र कामे मगर छन् ।
जोया र उनका दुई बच्चालाई फिलिपिन्स फिर्ता गराउन सहजीकरण गरेको संस्था आदर्श गृह र त्यसका सञ्चालकविरुद्ध मिथ्या आरोप सामाजिक सञ्जालमा लेखेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।


युट्युव, फेसबुक, अनालाइनलगायतका माध्यमबाट चरित्र हत्या गर्ने तथा लाञ्छना लगाउने काम गरेको भन्दै ८ जनाविरुद्ध आदर्श गृहकी प्रमुख मीना खरेललले बिहीबार पुनः जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधको मुद्धा दायर गरेकी थिइन् । जीवन मगरविद्धरुको मुद्धा भने मीना खरेलले फिर्ता लिएकी छन् । डलर खाने, भ्रष्टचार गर्ने, चरित्रहीनजस्ता आरोप खरेलमाथि लगाउँदै समाजिक सञ्जालको दुरुपयोग गरिएको आरोप उनीहरुमाथि लागेको छ ।
 
Top