नवलपरासी, मंसिर ५–
सीमांकनलाई विरोध गर्दै आज (आईतबार) नवलपरासीको नवलपुर क्षेत्र बन्द गरिएको छ ।

नवलपरासीको नवलपुर क्षेत्रको सिमाङकनको विषयलाई लिएर नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र र तरुण दलको आह्वानमा आज एक दिनका लागि सो क्षेत्रमा बन्द गरिएको हो । उनीहरुले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गरीनुपर्ने माग गरेका छन् ।
बन्दका कारण विहानैदेखि लामो यात्रामा निश्किएका यात्रुहरु मारमा परेका छन् । बन्दकर्ताहरुले मोटरसाईकल समेत डोराउन लगाएका छन् ।
 
Top