काठमाडौंको बीचसडकमा आगोकाे मुस्लाे निस्केपछि..
कार्तिक २३, २०७३- आज दिउँसो वीर अस्पताल अगाडिको सडकमा खानेपानीको पाइप फुटेर लिक भएको ठाउँमा एक्कासी आगो बल्न थालेपछि त्यहाा केही बेर रमिता लागेको थियो ।
विज्ञका अनुसार सो स्थानमा खानेपानी र ढलको पाइपसँगै भएका कारण ढलबाट उत्पन्न हुने मिथेन ग्याँस लिक भएर पानीको पाइप फुटेको ठाउँबाट निस्किन थालेपछि आगो टिपेको हुनसक्छ ।
