भरतपुरमा गैंडाको आक्रमणबाट एक बृद्ध गम्भिर घाइते
२५ कात्तिक ।
भरतपुरमा आज बिहान गैंडाको आक्रमणबाट एक बृद्ध गम्भिर घाइते भएकाछन् ।गैंडाको आक्रमणबाट भरतपुर ६ नवदुर्गा चोकका ८५ वर्षका गौरेश्वर सापकोटा गम्भिर घाइते भएकाहुन् ।बिहान ६ बजेर ५५ मिनट जांदा मन्दिर जाने क्रममा बाटोमा पछाडीबाट आएको गैंडाले सापकोटालाई आक्रमण गरेको स्थानियले बताएकाछन् ।गैंडाको आक्रमणबाट उनको ढाडको हड्डी भांचिएको र खुट्टामा गम्भिर चोट लागेको बताइएको छ ।उनको अहिले भरतपुरको सिएमसि अस्पतालको आकस्मिक कक्षमा उपचार सुरु भएको स्थानिय विष्णुप्रसाद सुवेदीले बताए ।उमेरले बृद्ध भइसकेका उनको उपचार समेत कठिन हुने उपचारमा संलग्न चिकित्सकले बताएकाछन् ।
