माडीमा थारु संग्राहलय बनाउ मन्त्री पाण्डेको सहयोग
चितवन, कार्तिक २९-
थारु जातीको बाहुल्यता रहेको माडीका थारुहरुको पहिचान स्थापित गर्नका लागि थारु संग्राहलय निर्माण गरिने भएको छ । भुमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले संग्राहलय बताएका छन् । माडीकै बास्तविक धर्ति पुत्रका रुपमा थारु समुदायलाइ लिन सकिने भन्दै उनले थारुहरुको सँस्कृतिलाइ कायम राख्न संग्राहलय निर्माण गरिने उनको भनाइ छ । यसका लागि आफ्नो व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए ।
मन्त्री पाण्डेले निर्माणाधिन संग्रहालयको सोमबार निरीक्षण समेत गरेका छन् । निरीक्षण पछि बोल्दै मन्त्री पाण्डेले संग्राहलयको केहि महिनामै निर्माण सम्पन्न गर्ने बताएका छन् । यसअघि माडी प्रवेश गर्ने वित्तिकै स्थानीयले मन्त्री पाण्डेलाई फुल र मालाले स्वागत गरेका थिए । माडीको विकासमा मन्त्री पाण्डेले तदारुकता देखाएको भन्दै उनलाई स्थानिय बासिन्दाले फुल मालाले स्वागत गरेका हुन् । साथै आफुहरुलाई परेको समस्या बारे मन्त्री पाण्डेसंग गुनासो समेत गरेका छन् ।
