मङ्सिर ९, नवलपरासी । नवलपरासीमा बिहीबार बिहानैदेखिको चक्काजामका कारण पूर्व–पश्चिम जानेआउने सवारी गुड्न पाएका छैनन् ।

एमाले निकट अनेरास्वियु, युवा संघ नेपाल र अखिल नेपाल महिला संघले नवलपुरको कावासोती  र गैंडाकोटमा चक्काजाम गरेका हुन् ।

सत्तापक्षले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको र नवलपुर क्षेत्रलाई छुट्याएर प्रदेश नम्बर पाँचमा लैजाने षडयन्त्र गरिरहेको भन्दै एमालेको भातृ संगठनले चक्काजाम गरेका हुन् ।


 
Top