प्रथम देवचुली महोत्सवको प्रमुख आकर्षणको रुपमा मानविय कार्य गर्ने ऊँट राखिएको छ । दैनिक हजारौ दर्शकहरुको भिड लागेको महोत्सवमा ऊँटको अवलोकन गर्न वच्चा देखि वृद्धा सम्मको लाईन लागेको छ । महोत्सवमा विजि ग्रुप गुल्मीले प्रमुख आकर्षणको रुपमा ऊँट प्रदर्शनमा राखेको हो ।


तालिम प्राप्त यस ऊँटले मानिसहरु संग हात मिलाउने, सलाम गर्ने लगाएत १२ प्रकारका नाचहरु नाच्ने गर्दछ । विशेष गरेर पर्यटन प्रवद्धनको लागि २०७२ साल फागुनमा नेपाल ल्याईएको विजि ग्रुपका म्यानेजर सनत गौतमले बताउनुभयो । मरुभुमिमा मात्र बस्ने ऊँटलाई नेपालको हावा पानिमा बस्न सक्ने खोज अनुसन्धान गरी भारतको राजस्थानबाट विजि ग्रुपले नेपाल भित्राएको हो ।

जोत्न र भारी बोक्नको लागि प्रयोग गरिने यस उटलाई नेपालमा पर्यटकहरुको सफारीका लागि ल्याईएको जानकारी दिदै म्यानेजर गौतमले भन्नुभयो“बुद्धको जन्मस्थल लुम्विनिमा दैनिक हजारौ पर्यटकहरुको आगमन हुन्छ, हामी विदेशी पाहुनाहरुलाई सफारी गराउनको लागि उटको  प्रयोग गरिने बताउनुभयो ।


प्रथम देवचुली महोत्सवमा प्रमुख आकर्षणको रुपमा राखिएको यस उटले अहिले सम्म देवदह महोत्सव र तिहारमा देउसी भैलोमा नाचिसकेको छ । यस उटलाई आगामी वर्षबाट अतिथि सत्कारमा समेत प्रयोग गरिने म्यानेजर गौतमको भनाई छ । मानविय क्रियाकलाप गर्ने यस ऊँट मार्फत पर्यटन प्रवद्धनमा टेवा पुग्ने महोत्सव अवलोकनकर्ताहरुको भनाई छ ।


कावासोती १ का हिमाल श्रेष्ठले ऊँट चढे पछि खुसी व्यक्ति गर्दै भन्नुभयो “मरुभुमिमा पाईने यस उटलाई महोत्सवमा देख्न पाउदा निकै खुसी लागेको छ ।” त्यस्तै मध्यबिन्दु ७ का हेमु भुसालले ऊँट पर्यटनहरुको आकर्षणको केन्द्र बन्न सक्ने भन्दै भुसालले प्रथम देवचुली महोत्सवले पर्यटन प्रवद्धनमा टेवा पुर्याउने खालको कार्य गरेको प्रति प्रशंशा गर्नुभयो  ।

 
Top