नयाँ दिल्ली–भारतको राजनीति दिल्ली नजिकै अनौठो घटना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का नोट नचल्ने घोषणा गरेको अर्कोदिन यस्तो घटना भएको हो ।
यो घोषणले भारतमा जताजतै तनाव पैदा गरेको छ । आज विहान नौ बजे गाजियावाद लिंक रोडको कव्रिस्तानमा कार्टुनमा भरेर पैसा फालिएको सूचना बाहिर आयो ।

मानिसहरु दौडदै दौडदै त्यहाँ गएका छन् । गाँउले पनि त्यहाँ पुगेका छन् । कार्टुनमा भएका पैसावारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मोदीले कालोधन नियन्त्रण गर्न भनेर आफुले ठूलो कदम चालेको बताएका छन् । भारतमा राजश्व छलेर ठूलो मात्रामा रकम जम्मा गरेको घटना नयाँ होइन् ।

यसरी लुकाइएको पैसा भारत सरकारको नयाँ कदमपछि काम नलाग्ने भएका छन् ।

 
Top