संविधान संशोधनको विरोधमा कावासोतीमा चक्काजाम, बिहेको बस तोडफोड
९ मंसिर, कावासोती । संविधान संशोधन र सांसदहरुको सुविधा वृद्धिको विरोधमा आन्दोलनरत एमाले निकट विद्यार्थीहरुले नवलपरासीको कावासोतीमा बिहेको बस तोडफोड गरेका छन् ।
चक्काजाममा बस चलाएको भन्दै ना ३ ख ४१३८ नम्बरको बस तोडफोड भएको हो । नारायणगढबाट बुटवलका लागि बिहेमा जाँदै गरेको बसलाई बन्दकर्ता विद्यार्थीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरुले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा विहीबार बिहान एक घण्टा चक्काजाम गरेका थिए ।
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गर्न पनि उनीहरुले माग गरेका छन् । माग पूरा नभए अनिश्चितकालीन चक्काजाम गर्ने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका मदन गिरीले बताए l
