चितवन, कार्तिक २९

भुमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले माडीको रिउ तटबन्धन बारे सोमबार स्थलगत निरीक्षण गरेका छन् ।
कार्तिक २५ गते ७ जनाको प्राविधिक टोलिले तटबन्धन बारे सर्वे गरेर गएपछि रिउ खोलाको वास्तविक स्थितिबारे मन्त्री पाण्डेले सोमबार स्थलगत निरीक्षण गरेका हुन् । स्थानीयले लगाएको खाद्यान्न सुरक्षित एवं मानविय घटना नहुने किसीमले रिउ खोलाको तटबन्धन गरिने उनको भनाइ छ ।
रिउ खोलाको तटबन्धनका लागि यस आर्थिक वर्ष २०७३/७४ मा ४ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । गत वर्ष माडीको रतनिमा तटबन्धनका लागि जल उत्पन्न प्रकोप नियन्त्रण आयोजनाबाट १ करोड रुपैयाँ बजेट विनियोजन भइ काम समेत सम्पन्न भएको छ । रिउ किनारमा राखिएको सोलार फेन्च प्रभावकारि नहुँदा जंगली जनावरले किसानले लगाएको खाद्यन्न नष्ट गर्नुका साथै समय समयमा मानविय क्षति समेत हुंदै आएको छ । समस्या बारे स्थानियलाइ बढि थाहा हुने भन्दै उनले स्थानिय जनताको रोहवरमा निरिक्षण गरिएको बताए । यस कार्यलाइ अव युद्धस्तरमा अगाडि बढाउने उनको भनाइ छ । त्यस्तै राप्रपाका महामन्त्रि समेत रहेको मन्त्रि पाण्डेले रिउ कोरिडोर परिकल्पना समेत गरेका छन् । झण्डै ४० किमी रहेको रिउ कोरिडोरमा ठुला सवारी साधन सञ्चालन गर्न सकिने उनले बताए ।
यसबाट माडीमा पर्यटकहरुको आवागमनमा वृद्धि हुनुका साथै कृषकहरुको उब्जनिले बजारमा सहज बजार लिन सक्ने उनको विश्वास छ । सिंचाइ नभएको स्थानमा डिप बोरिङको माध्यमबाट अर्गानिक कृषि उपज उत्पादन गर्न सकिने उनले बताए ।
फरक प्रसंगमा बोल्दै भुमिसुधार तथा व्यवस्था मन्त्री पाण्डेले बांदरझुला, कुसुमे खोला र माडि १२ प्याउलीका सुकुम्बासि बासिन्दाहरुलाइ व्यवस्थित गर्नका लागि आफ्नै कार्यकालमा उनिहरुलाइ स्थानान्तरण गर्ने र केहि बासिन्दा जो प्रमाणपत्र पाउने स्थानमा बसोबास गर्दै आएका छन् उनिहरुलाइ लालपुर्जा प्रदान गर्ने बताए । त्यस्तै बनकट्टा देखि ठोरी बीचमा पर्ने ९ ओटा खोलाहरुमा पुल निर्माण गरिने मन्त्रि पाण्डेले जानकारी दिए । यसका लागि माटो परिक्षण लगायत सम्पूर्ण सर्वे पुरा भइसकेको भन्दै पुल निर्माणका लागि ठेक्का लगाउने काम मात्र बांकि रहेको बताए । ठोरि सम्म पुग्ने बाटोको पुन निर्माणका लागि भने टेण्डर प्रकृयामा जान लागिएको उनको भनाइ छ ।
 
Top