नारायणगढको व्यस्त बजारमा सीसी क्यामेराको निगरानी
भरतपुर,११ मंसिर ।
व्यस्त बजारका चोकहरुमा सीसी क्यामेरा राखिएपछि अपराध न्यूनिकरणमा सघाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजश्व अनुसन्धान विभागको जिप प्रदर्शनकारीले पुलचोकमा तोडफोड गरेको चार वर्ष बढी भयो । एक बस्त्रालयलाई सीलबन्दी गर्न विभागबाट नारायणगढ आइपुगेको टोली विरुद्ध प्रदर्शन भएको थियो । प्रहरी बीट जलाइयो ।
प्रहरीले सीसी क्यामेराले कैद गरेर राखेको भिडियो (फुटेज) कै आधारमा दोषिमाथि कारवाही प्रक्रिया अघि बढायो । २०६९ जेठ २४ गते भएको सो घटनामा संलग्नलाई पहिचान गर्न चोकमा राखिएको सीसी क्यामराले सहयोग पु¥याएको थियो । पोखरा बसपार्कमा रहेको एक होटलभित्र मृत महिला भेटिएपछि प्रहरीलाई सुरुमा दोषि पक्राउ गर्न हम्मे प¥यो । पोखरा बसपार्कमा रहेका सीसी क्यामराको फुटेजलाई प्रहरीले सुक्ष्म अध्ययन थाल्यो । घटना भएको सो होटल अघि एक पुरुष अतालिएको जस्तो अवस्थामा देखिए । “सीसी क्यामेराले दोषि पक्राउ गर्न सघाइरहेको छ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले भने,“अपराधिलाई कानुनी सजाय दिलाउन सीसी क्यामेराले मद्धत गरेको छ ।
” होटल भित्र मृत महिलाकै हुलिया भएकि युवति अघि सो व्यक्ति होटल भित्रिएको पाएपछि थप अनुसन्धान गरेको थियो । “सीसी क्यामेराहरुका सूचना बोर्डहरु राख्ने काम पनि छिटै हुन्छ”, उनले भने,“सीसी क्यामेराहरु निरन्तर सञ्चालन गर्नेगरि संयन्त्र विकास गर्नुपर्छ ।” प्रहरी प्रमुख भएर आएलगत्तै उनले बिग्रेर रहेका सीसी क्यामेरा मर्मत गराउन पहल गरेका थिए । “मर्मत नहुदा लामो समयसम्म सञ्चालन हुन नसकेका सीसी क्यामेरा धेरै थिए”, उनले भने,“सहयोग जुटाएर मर्मत कार्य भएपछि अहिलै सबै चालु अवस्थामा छन् ।”
असार २६ गतेको सो घटनामा संलग्नको हुलिया पहिचान गरि २८ गते धादिङबेसीबाट प्रहरीले नियन्त्रणमा लिन सफल बन्यो । नारायणगढ बजारमा बैंक तथा वित्तिय संस्थाहरु धेरै छन् । बैंकभित्र रकम जम्मा गर्न गएका वा रकम लिएर आउनेहरु सडकमा निस्किएपछि असुरक्षित बन्ने अवस्था कायमै थियो । करिव सात महिना अघि लायन्सचोकको एक बैंकमा भौचर भरेर रकम जम्मा गर्दै गरेका व्यक्तिको एक अपरिचित व्यक्तिले एक लाख लुटेर भागे । बैंकको सीसी क्यामराले कैद गरेपनि सडकमा निस्किएर ती लुटेरा कता जादैछन् भन्ने खोज्न चोकमा राखिएका सीसी क्यामराले सहयोग ग¥यो ।
काठ्माण्डौ जान लागेको अवस्थामा ती व्यक्ति रकमसहित पुलचोकमा समातिए । नारायणगढस्थित पोखरा बसपार्कमा विहान पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको अवस्थामा प्रहरीले कार्तिक ८ गते जुगेडीबाट भारतीय ट्रकलाई नियन्त्रणमा लियो । “दुर्घटना पश्चात दोषिको पहिचान गर्न होस या हराएका सामानहरु खोजी गर्न सीसी क्यामराका फुटेजहरु हेरिन्छ”, जिल्ला प्रहरी कार्यालय चितवनका सीसी क्यामराका अपरेटर प्रहरी जवान प्रविन तिवारीले भने,“चोक चोकमा राखिएका सीसी क्यामराले चौविसै घण्टा दृश्य कैद गर्छ, आवश्यक पर्दा हेरिन्छ ।” उनका अनुसार सडक चोक चोकमा राखिएका क्यामेराले करिव एक सय मीटर टाडासम्मको दृश्य कैद गर्न सक्छ ।
“भरतपुर, नारायणगढ क्षेत्रका मुख्य चोकहरुमा सीसी क्यामेराहरु छन्, अपराध रोक्न सहयोगी बनेका छन्”, उनले भने,“मुख्य सडक सञ्जालसँग सम्बन्धित अपराधिक गतिविधिबारे अध्ययन गर्दा सीसी क्यामेरा फुटेज अध्ययन गरिन्छ ।”
तत्कालिन प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे, जिल्ला प्रहरी उपरीक्षक ज्ञान विक्रम शाहको पहलमा नागरिक सरोकार समाजको सहभागीता सीसी क्यामेराहरु राख्ने अभियान सुरु गरिएको थियो । ०६८ श्रावण ५ गते पहिलो पटक चितवनका सडकमा २९ वटा सीसी क्यामेरा जडान कार्य भएको थियो । पछिल्लो पटक बेलचोक,धर्मचोक, बाह्रघरे, आस्थाचोक नजिको हाटबजार, मालपोत चोकमा दुई÷दुई सीसी क्यामेराहरु राखिएका छन् । यस्तै लंकुपुलमा एक सीसी क्यामेरा पन िसञ्चालनमा आएको छ ।
यसअघि आँपटारी चोक,पोखरा बसर्पाक, बालकुमारी चोक, शहिदचोक, लायन्सचोकमा दुई÷दुई वटा सीसी क्यामेराहरु राखिएका छन् । यस्तै लिलाचोक, मेनरोड, चौविसकोठी, जिल्ला प्रहरी कार्यालय गेट, टेलिकम गेट, विद्युत प्राधिकरण गेट, हाकिम चोकमा एक÷ एक सीसी क्यामेराहरु मार्फत निगरानी भैरहेको छ । यस्तै अति व्यस्त चोकका रुपमा चिनिने पुलचोकमा र केन्द्रीय बस ट्रमिनलमा चार÷चार वटा सीसी क्यामेरा मार्फत गतिविधिमाथि निगरानी गरिदै आइएको छ । भरतपुर तथा नारायणगढ क्षेत्रका सडकमा राखिएका ३७ सीसी क्यामेरा मध्ये आठ वटा क्यामेराले घुमेर चारैतिरको दृश्य कैद गर्दछ । २०६६ साल साउन १३ गते ‘द थर्ड भिजन चितवन’ संस्था गठन गरि सुरक्षित चितवन बनाउने अभियान चलाइएको थियो ।
“सीसी क्यामेरा जडान कार्यलाई अभियानकै रुपमा अघि बढाउन समाजसेवी, व्यवसायी, नागरिक अगुवा सबैको सहयोग मिल्दै आइरहेको छ”, द थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुकेले भने,“टोल÷टोल तथा गाउँ गाउँसम्म सीसी क्यामेरा राखेर निगरानी अभियान बढाउनुपर्छ ।” वैज्ञानिक रुपमा सीसी क्यामेरा जडान गरि सडक दुर्घटना, अपराध नियन्त्रण गर्ने कार्यलाई सरकारले बजेट विनियोजन गरि उच्च प्राथमिकतामा पार्नुपर्ने बताए । आर्थिक अभावमा उपकरण आपूर्तिकर्तालाई भुक्तानि दिन नसक्नु, चट्याङले बिग्रेका सीसी क्यामेरा मर्मत गर्न नसक्नु जस्ता कारणले निरन्तर चलाउन समस्या हुदै आएको थियो ।
सीसी क्यामेरा जडान तथा सञ्चालनका लागि ६८ लाख २ हजार आर्थिक संकलन भएको थियो । चितवन महोत्सवबाट ११ लाख रुपैयाँ, जिविस चितवनबाट मर्मत खर्च सहित ९ लाख ३४ हजार ६ सय ९०रुपैयाँ, भरतपुर उप–महानगरपालिकाले ८ लाख आर्थिक सहयोग गरेको थियो । निरन्तर रुपमा सीसी क्यामरा सञ्चालनका लागि अक्षय कोषनै स्थापना गर्ने पहल भएको छ ।
