चितवन, मंसिर ४–

धेरै वर्षपछि माडीमा बिजलुी बलेको छ ।

उर्जा मन्त्री जनार्दन शर्माले आज (शनिबार) नेपाल विद्युत् प्राधिकरणले माडी बसन्तपुरमा निर्माण गरेको ३३/११ के.भी.सव–स्टेशनको समुद्घाटन गरेपछि औपचारिक रुपमा माडीमा बिजुली बलेको हो । विद्युत्को तार पुगेको लामो समय भएपनि विभिन्न समस्या आएपछि माडीमा बिजुली बल्न सकेको थिएन् । अब भने माडीबासी पुरै उज्यालोमा बस्न पाउने भएका छन् ।


माडीमा हाल सोलारबाट मात्रै बत्ती बाल्ने गरिएको छ । उद्घाटन कार्यक्रममा माडी निवासी शिक्षा मन्त्री धनीराम पौडेल, साँसद रुकमीणी चौधरी, साँसद उमेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।
 
Top