रत्ननगर । एक्साभेटर प्रयोग गरेर कयर खोलाबाट गिट्टी बालुवा निकाल्ने काम सुरू भएपछि त्यसको विरोधमा स्थानीयवासीले जिल्ला विकास समिति चितवनको ध्यानाकर्षण गराएका छन् ।
ठेकेदारले स्थानीयवासीको कीर्ते हस्ताक्षर गरी जिल्ला विकास समितिबाट एक्साभेटर प्रयोग गरेर गिट्टी बालुवा निकाल्न सुरू गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । कयर खोलाअन्र्तगत पर्ने पिठुवा र चैनपुरका करिब १५० जनाले हस्ताक्षर गरी गिट्टी बालुवा निकासीको काम तत्काल रोक्न माग गर्दै स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेललाई हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । सरकारले एक्साभेटर प्रयोग गरेर गिट्टी बालुवा निकाल्न रोक लगाएको भए पनि केही समय अघिदेखी ठेकेदारले कयरखोलाबाट निर्माण सामग्री गिट्टी, बालुवा निकालिरहेको छ । एक्साभेटर प्रयोग गरेर गिट्टी बालुवा निकाल्दा खोला गहिरो भई वर्षायाममा गाउनै डुव्ने खतरा भएको भन्दै सो कार्य तत्काल बन्द गर्न स्थानीय विकास अधिकारी पोखरेलसँग माग गरेका छन् ।
 
Top