चितवन, मंसिर ३–
दक्षिणी चितवनको माडीमा चक्रपथ निर्माणको काम सुरु भएको छ । गर्दीबाट सुरु हुने चक्रपथले माडी क्षेत्रलाई समट्ने छ । ग्राबेल बाटोलाई वार्षिक बजेट विनियोजन गरी स्तरोन्नति गर्दै चक्रपथको स्वरुपमा रुपान्तरण गर्ने काम अघि बढेको आजको कायाकैरन दैनिकमा खबर छ ।
गर्दीमा १ हजार ४ सय मिटर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । यस्तै गर्दीबाट भैरवपुर जोड्ने २२ मिटर पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पीच लोहनी एण्ड सन्सले पाएको छ भने पुलको जिम्मा आशीष र लोहनी एण्ड सन्सले सहकार्यमा निर्माणको जिम्मा पाएका छन् । लोहनी एण्ड सन्स निर्माण सेवाका सञ्चालक लेखनिधि लोहनीले यही महिनाभित्र पुलको निर्माण कार्य पूरा हुने बताए ।
कालोपत्रे र पुल ३ करोड १८ लाखको लागतमा बन्न लागेको हो । २२ मिटर लामो सो पुल १० मिटर चौडाइको बन्ने छ । कृषि सडकअन्तर्गत बनेका कच्ची सडकलाई समेटेर चक्रपथको रुपमा विस्तार गर्न लागिएको छ । माडीका अगुवा मदन पौडेलले चक्रपथले भित्री बस्तीहरुलाई यातायातको पहुँचमा जोड्ने बताए । “चक्रपथको अवधारणा अघि बढिसकेको छ”, उनले भने, “माडीका जुनसुकै स्थानमा पुग्न अब कठिन यात्रा गर्नुनपर्ने गरी बाटो विस्तारको काम अघि बढेको छ ।”