मरेको भैंसीको मासु बेचेको आरोपमा एक पक्राउ
नारायणगढ । मरेको भैंसीको मासु बेच्न लागेको अवस्थामा नारायणगढबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर–८ गौरीगञ्ज बस्ने दण्डपाणी पोखरेलले पालेको भैंसी बिरामी भएर मरेको र मरेको भैंसी खाडल खनेर पुर्न भनी पठाएकोमा लायन्सचोकमा भैंसीको मासु बेच्दै आएका सुनिल कुमालले आप्mनै पसलमा लगेर बेच्नको लागि ना.२च. ६९०३ नम्बरको गाडीबाट झार्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विशेष सूचनाको आधारमा बजारअनुगमन टोली र प्रहरीको प्रयासमा उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको भैंसीको मासु भने खाडलमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ भने कुमाललाई आवश्यक छानबिन गरी कारबाही गरेर छाड्ने प्रहरीले जनाएको छ ।
