चितवन, चैत ११–

‘तेस्रो शालिमार मिस चितवन–२०१७’ को ताज सुमन गुरुङले जितेकी छिन् । आज राती होटेल सेन्ट्रल पाम नारायणगढमा भएको फाईनलमा प्रतिस्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगि नम्बर ६ रहेकी सुमनले ताज जितेकी हुन् । उनी उपाधिसंगै सिधै वाईल्ड कार्ड मार्फत मिस नेपाल–२०१७ मा सहभागि हुन पाउने छिन् । यस्तै मिस चितवन सुमनले एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाएकी छिन् । सुमनलाई मिस नेपाल–२०१६ अस्मी श्रेष्ठले ताज लगाई दिइन् ।

यस्तै प्रतियोगितामा मनिषा भट्टराई फष्ट रनरअप, सुवेच्छा शर्मा सेकेण्ड रनरअप, सुजिता न्यौपाने तर्ड रनरअप र उरुषा अधिकारी फोर्थ रनरअप भईन् ।
ब्राइट नेपालको आयोजनामा भएको मिस चितवनमा २८ जना किशोरीले भाग लिएका थिए । यस्तै प्रतियोगितामा विभिन्न विद्यामा अवार्ड समेत प्रदान गरिएको छ ।


यसअघि सन् २०१३ मा भएको दोस्रो शालिमार मिस चितवनको ताज सितोष्ना बनले जितेकी थिईन् । उनी मिस नेपालमा सहभागि भई एउटा अवार्ड समेत जित्न सफल भएकी थिईन् ।



 
Top