चितवन । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानले  चितवन एमालेमय बनेको छ । अभियान टोलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।

चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भएर गैंडाकोटर्फ समेत उल्लेख्य सहभागिता देखिएको छ ।
एमालेले चितवनमा धेरै समयपछि शक्ति प्रदर्शन गरेको हो ।

शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानको क्याराभानले राजमार्गमा करीव १५ किलोमिटर दूरी ओगटेको प्रहरीले जनाएको छ । सिमसिम पानीका बीच दशौं हजार सहभागी चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।
चितवनमा दोस्रो जनआन्दोलनपछि यतिको धेरे संख्यामा मानिसहरु सडकमा उत्रिएको दाबी आयोजकको छ ।
एमाले सभामा २ सयभन्दा बढी स्वंय सेवकहरुले सहभागीहरुलाई मिलाउने काम गरिरहेका छन् । नेकपा एमाले चितवनले नवलपरासीको गैंडाकोटसम्म मेची महाकाली अभियानको टोलीलाई पुर्‍याउने कार्यक्रम छ ।


 
Top