२६ फागुन, कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्र आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ ।


आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली चलाएको हो ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।
आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।
 
Top