भरतपुर,१२ चैत।
अत्यन्तै संवेदनशीलका शिशु बिरामीको उच्च सतर्कतासाथ उपचार गरिने नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सेवा भरतपुर अस्पतालले निःशुल्क उपलब्ध गराउने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआईसीयू सेवा निःशुल्क गर्न लागिएको हो ।
अस्पतालको ५४ औं वार्षिकोत्सवको अवसरमा आइतबारदेखि यो सेवा निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । नवजात शिशु सघन उपचार कक्षमा १२ शैया सञ्चालन गरिएका छन् भने ८ शैया विस्तार गर्न लागिएको छ । अस्पतालले आफै खर्च ब्यहोरेर सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिए । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि शैया मात्र निःशुल्क थियो । निजी अस्पतालमा यो सेवा लिएबापत दैनिक ५ देखि सात हजार तिर्नुपर्ने हुन्छ ।
