काठमाडौं, चैत ९ – टेलिसिरियल भद्रगोलमा जयन्तेको भूमिका निभाएर चर्चित भएका कलाकार गोविन्द कोइरालालाई अब चामल नभएर पैसा माग्न मन लागेको छ । भद्रगोलमा उनले बोल्ने सम्वाद ‘काका चामलको भात खाने केटीसँग विहे गर्नुपर्छ ! ह्या... ह्या..हाँसो’लाई दर्शकले निकै रुचाएका छन् । हालै मात्रहामीले चामलको भात खान चाहने जयन्तेसँग कुराकानी गर्ने मौका पाएका छौँ । यस क्रममा उनले पछिल्लो समयमा आफूलाई भेट्न आउने फ्यानहरुले साँच्चीकै चामल लिएर आउने गरेको बताए ।
सिरियलमा चामलको भात खाने केटी विवाह गर्ने भन्ने उनको संवादले अहिले उनको कोठा चामलले भरिदिएको छ । उनलाई आजकाल त चामल नै किन्नु परेको छैन । उनी भन्छन्, ‘मलाई त फाइदा भएको छ । सबैले चामल ल्याईदिनुभएको देख्दा अब पैसाको खाँचो छ भनौँ की जस्तो लागिराको छ ।’
ठट्टा गर्दै उनले थपे ‘सानो कोठा छ । बोराका बोरा चामल छ । राख्ने ठाउँ छैन । भाडा नतिरी घरबेटीले राख्न दिन्न । चामल राख्या छ । त्यसको उल्टो पैसा तिर्नुपर्छ । त्यस कारण पैसा माग्यो भने त भाडा तिर्ने पैसा नी आयो अनि आफूलाई पनि भयो ।’
त्यस्तै कुराकानीका क्रममा उनले अर्को एउटा भातको प्रसंग पनि सेयर गरे । उनी साथीहरुकोमा गएको बेलामा पनि सबैभन्दा पहिले के खाने भन्दा भातकै नाम आउने रहेछ । उनी भन्छन्, ‘जहाँ गए पनि भात खानेमा पर्छु म त । कहिले काँही त मुख फेर्नै नपाउँदा दिक्क लाग्ने रैछ ।
