प्रधानसेनापति राजेन्द्र क्षत्रीले मकवानपुर जिल्लाको सुनाचुरीस्थित श्री नं १ जगदल गण र चितवनको शक्तिखोरस्थित श्री सिंहनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले मकवानपुर जिल्लाको सुनाचुरीस्थित श्री नं १ जगदल गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको छ ।सो अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीतमा काम गर्न निर्देशन दिनुभयो ।
प्रधान सेनापति क्षत्री आजै सो गणहरुको वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर शक्तिखोरस्थित श्री सिंहनाथ गणको निरीक्षण समेत गर्नुभएको छ । क्षत्रीले भरतपुरस्थित श्री महिन्द्रदल गणमा निरीक्षण भ्रमण गरेर भोलि काठमाडौं फिर्ता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
