काठमाडौं, फागुन १९ – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०३ पैसा र विक्रिदर २९ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र विक्रिदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४९ रुपैयाँ छ भने विक्रिदर ३ सय ५० रुपैयाँ ९६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ८५ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ४५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
