जिल्ला प्रहरी कार्यालय चितवनले मादक पदार्थ गरि रातमा होहल्ला गर्ने ६ जना युवालाई नियन्त्रणमा लिएको छ । ‘गुण्डा गर्दी नियन्त्रण अभियान’ अन्तर्गत प्रहरीले उच्खृङखल व्यवहार गर्दै हिँडेका युवालाई पक्रेको हो ।
१७ गते गौरीगञ्ज घरमा बसिरहेको अवस्थामा दुई व्यक्तिलाई कुटपिट गरि फरार भएका ती युवालाई कानुनी कारवाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारि दिए । पक्राउ पर्नेमा भरतपुर ११ का रुपेश लामा, मेघराज लामा, आइतराम लामा, सुजन तामाङ, विनोद लामा, सुजन लामा छन् ।
