फागुन १९ – सालक संरक्षणको लागि नयाँ अभियान सुरु भएको छ । अमेरिकाबाट ल्याइएको कुकुरको सहयोगद्वारा अनुसन्धानको काम सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । कोष अन्तर्गतको वर्दिया संरक्षण कार्यक्रमका प्रमुख एवं सालकविज्ञ अम्बिकाप्रसाद खतिवडाका अनुसार चितवनबाट सुरु भएको अभियान डेढ महिनासम्म चल्नेछ । कुकुरले सालकको दिसा सुँघ्ने र त्यसबाट सालकको अवस्था थाहा हुने खतिवडाले जानकारी दिनुभयो ।
अमेरिकाको वाशिङ्टन युनिभर्सिटीबाट स्काई र एन्थेना नामका दुईवटा कुकुर केही दिनअघि नेपाल ल्याइएको हो । दुई दिनसम्म जहाज चढेर नेपाल ल्याइएका कुकुरलाई काठमाडौंमा केहीदिन राखेर चितवन पुर्याइएको छ । कुकुरलाई सालकको दिसा सुंघ्ने तालिम दिएपछि अहिले चितवनको सौराहाबाट अध्ययनको काम सुरु भएको हो ।
‘सौराहको जंगलमा कुकुरले सालकको दिसा सुँघिरहेका छन्’ खतिवडाले भन्नुभयो । चितवनपछि मकवानपुर, कञ्चनपुर र ताप्लेजुङमा अनुसन्धान हुने खतिवडाले जानकारी दिनुभयो । कुकुरले सुंघेर पत्ता लगाएपछि दिसा संकलन गरिन्छ र त्यसलाई प्रयोगशालामा राखेर कुन प्रजातिको हो भनेर अनुसन्धान गरिन्छ । यो अनुसन्धानपछि सालकको चोरी शिकार नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ । सालक अनुसन्धानको लागि कुकुर प्रयोग विश्वमै पहिलो उदाहरण भएको पनि खतिवडाको भनाई छ ।
नेपाल, भारत चीन सहित दक्षिण एसियाली देश र अफ्रिकाका उष्ण भूभागमा सालक पाइन्छ । विश्वभर ८ प्रजातिका सालक पाइनेमा नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभरी बाक्ला र कडा कत्ला हुन्छ । रातीमा मात्रै चर्न निस्कनले भएकाले हतपती यसलाई देख्न सकिंदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेको छ ।