राज कुमार देवकोटा
बिगत का बर्ष हरुमा जस्तै यस बर्ष पनि पुर्वी चितवन स्थित माधवपुर र.न.पा.-१५ मा रहेको माधवपुर युवा समाज ले सधै झै यस बर्ष पनि चैते दशै को अवसर पारी बृहत विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजना गर्दैछ।


अन्य बर्ष मा भएको गतिविधि लाई  मध्यनजर गर्दै समाज ले  क्लब को बिकास हेतु यश बर्ष नयाँ ब्यस्थापन समिती गठन को साथमा उपरोक्त कार्यक्रम को आयोजना गर्न लागेको हो।नयाँ ब्यस्थापन को अद्छ्यता भने समाजसेवी तथा बुद्धिजीवी  मदन भुजेल ले गर्दै हुनुहुन्छ भने उक्त कार्यक्रम को नेतृत्व माधवपुर युवा समाजका उपाध्यक्ष मनोज गुरुङ ले गर्नु भएको छ।


स्वदेश तथा बिदेश मा रहनु भएका यश समाज का साथिहरुको न्यानो माया तथा महत्वपूर्ण सहयोग को साथ मा यो कार्यक्रम को आयोजना गर्न लागिएको यश समाज का सदस्य बिरेश घलान ले बताउनु भयो साथै माधवपुर युवा समाज लाई हाम्रो तर्फ बाट पनि प्रगतिको शु भकामना छ।
 
Top