युएई, फागुन २८– युएईमा अवैध यौन कृयाकलाप, लागु औषध र रक्सी नेपालीका मुख्य समस्या रहेको नेपाली दूतावासले जनाएको छ । शुक्रबार दुवईमा नेपाली कामदारले भोगेका समस्या र समाधानका उपायका विषयमा नेपाली कामदारसित छलफल गर्दै यहाँको नियम वेवास्था गर्दा समस्या थपिंदै गएको दूतावासले बताएको हो ।
दूतावासले प्रस्तुत गरेको प्रतिवेदनमा सबैभन्दा बढि समस्या रक्सीका कारण देखिएको छ । रक्सि खाएर हो हल्ला गर्ने देखि यहि कारण झगडा गरेर जेल गएको समेत पाइएको दूतावासले उल्लेख गरेको छ ।

सार्वजनिक स्थलमा जथाभावी यौन सम्बन्धका कारण हुने गर्भधारण जस्ता कारणले समस्या पनि बढिरहेको दुतावासको भनाइ छ । युएईका बिभिन्न जेलहरुको भ्रमणका क्रममा लागु औषध ओसारपसारमा संलग्न हुँदा आजिवन कारावासको सजाए भोगिरहेका नेपाली पनि भेटिएकाले त्यस्ता गतिबिधीमा संलग्न नहुन अनुरोध गरेको छ ।
नेपालबाट अचारमा गाँजा मिसाएर ल्याउने र जाँड रक्सी बनाउन मर्चा ल्याउँदा पनि समस्या पर्न सकिने दूतावासले जानकारी गराएको छ । यस्तै सामाजिक सञ्जालको दूरुपयोग नगर्न, अवैध रुपमा हुण्डी मार्फत आर्थिक कारोबार नगर्न, ट्राफिक नियमको पालना गर्न र युएईको नियम कानून पालना गर्नुपर्ने दूतावासको भनाई छ । दूतावासको सचेतना मुलक कार्यक्रममा झण्डै तीन सयन नेपालीको सहभागिता रहेको थियो । 
 
Top