कञ्चनपुर, फागुन २९ – कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न सरकारले बेवास्ता गरेको भन्दै आफन्त र परिवारले प्रदर्शन गरेका छन् । आफन्तले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने बजार पनि बन्द भएको छ ।
गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भनिए पनि शव यात्राका लागि फोहोर बाक्ने गाडी पठाएको आफन्तको गुनासो छ । उनीहरुले शव यात्राका लागि फूल माला र ब्यानर समेत नभएको बताएका छन् ।
गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शवयात्रा गर्ने तयारी भएपनि अहिलेसम्म आफन्तले शव उठाएका छैनन् ।  दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।
गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ । 
 
Top