काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण दाहालकी तेस्री पत्नी बिना मगर सशंकित बनेपछि यत्तिकै रोकिएको छ ।
पर्वतका मनहरि तिमिल्सेनाले उपसचिव तहको नियुक्ति छाडेर बाहिरिएपछि सीएमप्रचण्ड डट कम, फेसबुक र ट्विटर अद्यावधिक गर्ने एकजना पत्रकार पृष्ठभूमिको मान्छे चाहिएको छ । त्यसका लागि प्रकाश दाहालबाट प्रस्ताव गरिएको पात्र महिला पर्नुलाई बालुवाटारमा स्वभाविक मानिएको छैन ।
दुई वर्षअघि तेस्री पत्नीका रुपमा बिना मगरलाई भित्र्याएका उनले त्यस्तै बानी पुनरावृत्ति गर्न लागे कि भन्ने त्रास बिनालाई मात्र होइन, आमा–बासम्म पनि पुगेको छ । प्रकाश स्वयंको लगानीमा उजिर मगरहरुले सञ्चालन गरिरहेको एभरेस्ट दैनिक डट कममा कार्यरत महिलालाई टिमको सदस्य भन्दै बालुवाटार भित्र्याएर प्रकाशले एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।
स्रोतका अनुसार प्रकाशसँग राम्रो मित्रताका कारण अरु पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको छ । बेला बेलामा प्रकाश ‘लौ न एकजना मान्छे राख्नुपर्यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् ।
चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन । बुधबार साप्ताहिकमा खबर छ ।
 
Top