साउन ९

मलेशियाको जोहोर राज्यको बातुपाहात भन्ने ठाँउमा दुर्घटनामा परी हिजो (साउन ८ गते)एक नेपाली चेलीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम घर भएकी संगिता राई भएको खुल्न आएको छ दुई महिना अघी मात्र रोजगारिको सिलसिलामा मलेशिया आईपुगेकी संगितालाई शनिबार बिहान ड्युटी जाने जाने क्रममा गाडिले ठक्कर दिएको थियो ।
कम्पनीले यातायातको सुबिधा दिनुपर्ने ठाँउमा साईकल उपलब्ध गराए पछी , संगिताले भर्खरै साईकल सिक्दै गरेको र साईकल चलाउँदा आवश्यक पर्ने सडक सम्वन्धी नियम थाहा नहुँदा दुर्घटना भएको बुझिएको छ ।
मलेशियाको जोहोर राज्यको बातुपाहातमा रहेको मियाउ मियाउ फुड कम्पनीमा कार्यारत संगिता अति मिलनसार र सहयोगी भावना भएकी युवती रहेको संगिता संगै काम गर्ने दाङका सुर्य प्रकास पुन मगरले ब ता उनु भयो । मृतक संगिताको एक नाबालक सन्तान मात्र रहेको र उनलाई माईतिको संरक्षणमा छोडी विवशताले संगितालाई मलेशिया पुर्याएको बुझिएको छ ।
मृतकको शवलाई अहिले पोष्टमार्टमको लागी अस्पतालमा राखिएको र छिट्टैनै नेपाल पठाईने जनाइएको छ ।