नवलपरासी, साउन १६–
नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौली स्वास्थ्य चौकीमा आईतवार ३० वर्षकी महिलाले ३ वटा स्वस्थ्य बच्चा जन्माएकी छन ।
जिल्लाको भारतिपुर घर भई सुत्केरी गराउनका आईतवार बिहान ११ बजे दुम्कौली स्वास्थ्य चौकीमा आएकी देवि माया सार्कीले तिन जना छोराहरुलाई जन्म दिएकी हुन् । उनी तिन दिनदेखि झाडापखालाले सिकिस्त भएर आईतबार मात्रै अस्पतालमा भर्ना भएको अस्पतालका जायेश्वर भुषालले बताए ।
उनको नर्मल डेलिभरी भएको हो । सार्कीले पहिलो बच्चा १२ बजेर ३० मिनेट, दोस्रो बच्चा १२ बजेर ४५ मिनेट र तेस्रो बच्चा १२ बजेर ५७ मिनेटमा जन्म दिएकी भुषालले बताए ।
३ जना शिशुको तौल २÷२ किलोग्राम रहेको भुषालले बताए । जन्मिएका ३ शिशुमध्ये सबै भन्दा कान्छो शिशु उल्टो जन्मिएकाले अरु बच्चा भन्दा केहि कमजोर रहेको जनाईएको छ ।
उनलाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकीका कमला खवास, रुक्मती आले, रेनुका भुषाल तिन जना स्टाफ नर्स खटिएका थिए ।
बच्चा र आमाको अवस्था सामान्य रहेको सुत्केरी सेवामा संलग्न कमला खवासले बताएकी छन् ।

 
Top