भरतपुर, ३ साउन
कर्तव्य ज्यान मुद्दामा १४ वर्षअघि दोषी ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरार अपराधी पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनको विशेष अभियानअन्तर्गत २०५९ सालमै अपराधी करार गरिएका व्यक्तिलाई हिजो पक्राउ गरिएको हो ।

पुनरावेदन अदालत हेटौंडाले २०५९ चैत १८ गतेको फैसलाबाट १९ वर्ष ६ महिना १९ दिन कैद सजाय सुनाइएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी विनोद प्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । चितवन जिल्ला साविक कुमरोज गा.बि.स.वडा नं.९ बस्ने भट्ट आफ्नो स्थायी ठेगाना छाडी चितवनकै राप्ती नगरपालिका वडा नं.९ वीरेन्द्रनगरमा लुकिछिपी बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी सहायक निरीक्षक कमल परियारको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो । भट्टलाई आज सोमबार चितवन जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सामान्य झैझगडाका क्रममा भट्टले २०५७ सालमा छिमेकीको हत्या गरेको अदालतले ठहर गरेको छ

साभार :  खबर चितवन 
 
Top