
मलेसियाको पेनाङ राज्यमा लामो समय देखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षका सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औ तल्ला बाट हाम फालेर आत्महत्या गरेका छन ।सिकील दास पेनाङ स्थित तमान पिराइनडाको Block C मा बस्दै आएका थिए ।
गए राति २१ जुलाई ८:३० बजे ८ तल्लाबाट उनले हाम फाले लगत्तै उनको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । उनले मलेसियाको पेनाङ राज्यमा रहेको Teco Tecnology कम्पनीमा काम गर्दै आएका थिए । दासले आफ्नो करार अबधि (contract) ३ वर्ष पूरा गरेर घर जाने तयारीमा रहेका थिए । संगै बस्ने साथीको अनुसार दासको उडान आउने सोमबार पक्का भएको र उडानको लागि टिकट र पासपोर्ट समेत कम्पनीले दिसकेको थियो।
उता नेपाल घरमा उनको श्रीमती बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन । दास कुनै प्रकारको नसालु तथा जाडरक्सी खाने गरेका थिएनन् । दासले घरको तनावले आत्महत्या गरेको उनका साथीहरुले अनुमान गरेरका छन। घर जाने दिन नजिकै आउदा पनि अरु जसरी खुशी देखिदैनथ्य, कुनै तनावमा भए जस्तो लाग्थ्यो घटना स्थलमा भेटिएका नेपालीहरुको भनाइ छ ।
घटना भएको खबर पाउना साथ उद्धारका लागी मलेशियन प्रहरी घटना स्थलमा पुगेको थियो , तर प्रहरी पुग्दा उनको मृत्यु भैसकेको जनाइएको छ । । अहिले उनको मृत शरीरलाई पोस्टमार्टमको लागि पेनाङकै नजिकैको हस्पिटलमा राखिएको छ ।
मलेसियामा रोजगारीको लागि आउने र करार अबधि सकेर नेपाल फर्किने समय नजिक आउदै गर्दा विभिन्न तनावले गर्दा धेरै नेपालीले विभिन्न तरीकाले आत्महत्या गर्दै आएको पाइएको छ । यस्तो घटनाहरु न्यून हुनुको सट्टा झन बढीरहेको देखिन्छ ।

