२८ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा परेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। स्रोतका अनुसार प्रचण्डले ‘मैले (सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् ।
वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे ।
प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।
सिंहदरबारमा पत्रकार सम्मेलन
यसैवीच सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा सार्वजनिक गर्न माओवादीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
