बिनोद गोतामे दुबई ३० जुलाई, धन कमाउने मीठो सपना बोकि आजभोली धेरै युबा हरु केही कुरा नबुझी नया काम को खोजिमा भिजिट भिसा मा नेपाल बाट युएई आउने गर्दछन ।
त्यसरि यहाँ ल्याउने धेरै नपत्याउदा दलाल पनि युएइमै छन । जसले नेपाल बाट मिठा मिठा आस्वासन दिएर कैयौ सोझा नेपाली दाजु भाइ हरुलाइ युएइ सेटिङमा ल्याउछन त्यस्ता दलाल वर दुबई को गल्ली गल्ली मा भेटिन्छ ।हामी यस्ता दलाल बाट सजग रहन आबस्यक छ ।गाउले भनेर बिस्वास नगर्नु होला आफन्त भनेर बिस्वास नगर्नु होला राम्रो संग बुझेर मात्र आउनुहोला किनभने ती दलाल हरु बदमास हरु गाउले र आफन्तको नाममा पनि कलंक हुन सक्छ्न यस्तै एउटा ब्यक्ती हुन सुर सिङ बिक ।
जस्ले नेपाल मा भएका बेरोजगारी युबा लाई फोन गर्ने लोभ देखाउने काम लगाइदिन्छु भन्ने युएइ छिराए पछि काम लगाउन नसक्ने अलपत्र पार्ने गर्दछन । घरमा सुत्केरी श्रीमती छोडि र भएको पसल बन्द गरि रुपन्देही फर्साटिकट का कुमार बिक पनि यस्तै सपना लिएर भिजिट भिसा मा दुबई आए उनकै साथमा अर्को दिपेन्द्र क्षेत्री पनि संगै आएका थिए । करिब १० दिन जति होटलमा राखेको थियो ।त्यस पछि अलपत्र पारी भोक भोकै धेरै दिन सम्म राखेको थियो ,वर दुबई को मेट्रो पार्क मै रात कटाउन बाध्य पारेको थियो ।
एक महिने भिसा को समय सिमा सकिनै लाग्दा अन्तिम अबस्थामा दलित एकता संजाल युएई समक्ष यी भाइ हरुको जानकारी आइपुगे पछि दलित एकता संजाल युएइ अध्यक्ष बिनोद गोतमे , अभियन्ता शम्भु बिस्वकर्मा र धनराज बिस्वकर्मा को सकृयता मा निज दलाल सुर सिङ संग धेरै कठिनका साथ सम्पर्क गरि सम्पर्कमा ल्याइ अन्त अधना मा राखेको पासपोर्ट निकाली गत २६ जुलाइ एयर अरेबिया को टिकट गरि नेपाल सकुसल पठाउन सफल भएको छ।