काठमाडौं, साउन ६ – काठमाडौंको डल्लुमा बिहीबार बिहान एउटा स्कूल बसमा आगजनी भएको छ । विद्यार्थी बोकेको बा २ ख ४६९ नम्बरको आइडिल मोडल स्कूलको बसमा नचिनेका मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई ओरालेर बसमा आगो लगाउने को हो ? भन्ने खुलेको छैन । बसमा आगो लागेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र योङ कम्युनिष्ट पार्टीको पत्र  भेटिएको प्रहरीले जनाएको  छ ।
 
Top