चितवन, साउन ४ –
चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान साढे ६ बजेको समयमा चितवनको कविलास गाविस– ६ स्थित सडकबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
साबुन बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु १ ख ५८९२ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी ५० फिट तल नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
घाइतेको पहिचान हालसम्म नखुलेको र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। रा
 
Top