श्रावण १६, २०७३- मकवानपुरको मनहरीमा-३ स्थित रमनटारमा बिहान भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गाैतमले जानकारी दिए  ।



काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

घटना बिहान साढे ३ बजे भएको हो ।

मृतकमध्ये उदयपुर २५ का विनोद चौधरी र २७ वर्षीय सन्तोष चौधरीको पहिचान खुलेको छ ।



दुर्घटनामा घाइते ३१ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

केही दिन अघि मात्रै धनकुटामा भएको बस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो ।




प्रकाशित: श्रावण १६, २०७३




 
Top