भरतपुर । नारायणी नदीमा यस वर्षकै पानीको उच्च बहाब मापन गरिएको छ । नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेको छ ।
देवघाटमा रहेको मापन केन्द्रले पछिल्लो समय नारायणी नदीमा पानीको सतह १० दशमलव ३० मिटरसम्म पुगेको मापन केन्द्रका बलराम लुईंटेलले बताए । नारायणी नदीमा ८ दशमलव ४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ ।
पानीको सतह खतराको संकेतभन्दा माथि पुगेपछि सचेत रहन प्रशासनले आग्रह गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सार्न सुरू गरेको छ ।
पश्चिम चितवनमा त्रास
नारायणीको उच्च बहाबका कारण पश्चिम चितवनका नदी छेउछाउका बासिन्दा त्रासमा रहेका छन् । मंगलपुर र गुुञ्जनगर क्षेत्रका तल्लो भेगमा बाढी पसेको स्थानीय प्रशासनले जनाएको छ । मंगलपुरको शरणपुरमा २८ घर डुबानमा परेका छन् भने दुई घरमा पूर्ण क्षति भएको छ ।
मेघौलीस्थित गोलाघाट र लौखुरीमा नारायणीको बाढी पसेको छ । उद्धारको लागि इलाका प्रहरी पर्साढापको टोली, मेघौली विमानस्थलको सुरक्षा टोली, जिल्लाबाट आएको प्रहरी टोली, नेपाली सेना, नारायणी नगरपालिका कार्यालयका कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु जोखिम न्यूनीकरण गर्न नदीको किनारका केही भागमा जाली लगाएका थिए ।
मैघौली, दिब्यनगरलगायतका क्षेत्रमा कटानको जोखिम बढेको स्थानीय कृष्ण भुर्तेलले बताए । सुरक्षाकर्मी र उद्धारकर्मीलाई तयारी अवस्थामा राखेको जिल्ला विकास समितिका सूचना अधिकारी तथा बिपद्सम्बन्धि सम्पर्क व्यक्ति बलराम लुर्इँटेलले बताए ।
गुञ्जनगरको गोब्रेनी, गाँजापुर, मैघालीलगायतका ठाउँमा गरेर २७÷२८ घर डुबानमा परेको उनले बताए । उद्धारका लागि कुरिनटार सशस्त्र प्रहरी कार्यालयबाट दुईवटा मोटर बोट ल्याएर पश्चिम चितवनमा राखेको उनको भनाइ छ । नदी आडमा लगाएको बाँध कटान भए नभएको निगरानी गर्ने र कटान भएमा अस्थायी तटबन्धन गर्न टोली खटेको छ ।
गैंडाकोटको नारायणी टोल डुबानमा
नारायणी नदीमा आएको बाढी गैंडाकोटको सुकुमबासी बस्ती नारायणी टोलमा पनि पसेको छ । सो क्षेत्रमा नारायणी टोलका सुकुमबासी बस्ती पुरै डुबानमा परेको छ । टोलमा करिब एक सय ५० घर रहेका छन् ।
व्यारेजका ढोका खोल्यो
नारायणी नदीमा पानीको सतह बढेका कारण दुई तीन दिन अघिदेखि नै गण्डक व्यारेजका सबै ढोकाहरु खोलिएको छ ।
भारतले गण्डक ब्यारेजलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएको छ । यसपटक पनि बाढीका कारण उत्पन्न हुन सक्ने खतरालाई ध्यानमा राख्दै भारतले आफ्नो अनुकूल प्रयोग गरेको छ । नारायणी नदीमा गण्डक ब्यारेजमा बाँध लगाएर नहरबाट पानी लगेको खण्डमा नदीमा पानीको सतह घट्ने भएपनि भारतले सबै ढोका खोलेको छ । तथापि भारतले भारततर्फको भन्दा नेपालतर्फको ढोका बढी खोलेको स्थानीयले बताएका छन् । गण्डक व्यारेजको ‘बी’ ग्यापको १३ नम्बर ठोकर गण्डक ब्यारेजको ढोकाभन्दा तल पर्दछ ।
सात जना कारबाहीमा
गण्डक व्यारेजको ३३ नम्बर ढोका तीन दिन अघि आएको बाढीले बगाएपछि भारतले उक्त क्षेत्रका ७ जना कर्मचारीलाई निलम्बन गरेको छ ।
भारत सरकारले कर्मचारीको लापरवाहीका कारण ढोका बाढीले बगाएको भन्दै ७ जनालाई निलम्बन गरेको हो ।
उच्च सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा आएको बाढी गाउँ पस्न थालेपछि नवलपरासीको नवलपुर क्षेत्रमा पनि सतर्कता अपनाइएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले नवलपुर क्षेत्रको रजहर, कोल्हुवा, पिठौलीलगायतका क्षेत्रमा सतर्क रहन स्थानीयलाई सचेत गराइएको र उक्त क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको बताए ।
नारायणी नदीको जलाधार क्षेत्र पहाडी भुभागमा पानी पर्न नरोकिए भेल अझै उर्लने खतरा रहेको अधिकारीहरुले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विनोदप्रकाश सिंहले नारायणीले खतराको संकेत नाघेपछि साइरन बजाएर जनतालाई सचेत हुन आग्रह गरिएको बताए ।
पानीको बहाब बढ्दै गएपछि स्थानीय प्रशासन, सुरक्षा संयन्त्रले चनाखो भई बस्नका लागि स्थानीयलाई आग्रह गरेको थियो ।
पहाडी जिल्लामा अविरल वर्षा जारी रहेको र स्थानीय प्रशासनले खतरा हुन पनि सक्ने सूचना प्रवाह गरेपछि नारायणी नदी आसपासका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय त्रसित बनेका हुन् ।
गण्डक क्षेत्रमा अहिले प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए । उक्त क्षेत्रमा प्रहरीले स्थानीयलाई माइकिङ गर्दै सतर्क रहन आग्रह गरेको उनले बताए ।
कोशीमा रातो बत्ती
कोसी नदीको जलस्तर मंगलबार बढेपछि त्यहाँ खतराको संकेत रातो बत्ती बालिएको छ । १० दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढीले नदीमा पानीको बहाव अहिलेसम्म यो वर्षकै उच्च रेकर्ड भएको छ ।
सोमबार रातिदेखि नै कोसीको जलस्तर वृद्धि भइरहेको छ । मंगलबार बेलुका ५ बजे कोशीमा पनीको बहाबप्रति सेकेन्ड २ लाख ७७ हजार ४ सय १० पुगेको छ । कोसी व्यारेजका ५६ मध्ये ३७ ढोका खोलेर पानीलाई निकास दिइएको छ ।
बिदामा नबस्न निर्देशन
सरकारले बाढी, पहिरो, डुबान र नदीको कटानबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणलाई थप तीव्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति निकालेर जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धार जारी राखेकाले थप सहयोगका लागि तयारी अवस्थामा रहन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको हो ।
साभार : चितवन पोष्ट दैनिक